- रासस शुक्रबार २१, माघ २०७८ ०३:१९
काठमाडाैं । बिहीबार रातिदेखि परेको अविरल वर्षाका कारण काठमाडाैंकाे चन्द्रागिरि डाँडामा हिमपात भएको छ । राजधानीको पर्यटकीय क्षेत्रको रुपमा रेहेको उक्त स्थानमा शुक्रबार बिहानैदेखि हिमपात भएको हो ।
चन्द्रागिरि रिसोर्ट, भालेश्वर मन्दिर, केवलकार स्टेशनलगायत क्षेत्रमा हिउँले ढाकेको चन्द्रागिरि हिल्स लिमिटेडका महाप्रबन्धक अभिषेकविक्रम शाहले बताए । गत पुसको दोस्रो साता उक्त स्थानमा हिउँ परेकामा आज दोस्रोपटक बाक्लो हिमपात भएको हो । चन्द्रागिरिमा हिउँ खेल्न युवायुवतीकाे भीड लागेकाे छ ।
पश्चिमी न्यून चापीय प्रणाली देशभर सक्रिय भएकाले अहिले हिमाली र उच्च पहाडी भेगमा हिमपात हुनाका साथै अन्य धेरै स्थानमा वर्षा भइरहेको छ ।
प्रतिकृया दिनुहोस