- रासस शनिबार ०४, कार्तिक २०८० ०८:११

धनुषा जनकपुरधाममा रहेको राजा जनकको कुलदेवीको रुपमा मानिने राजदेवी मन्दिरमा शनिबार फूलपाती भित्र्याइँदै। तस्बिरः निरञ्जनकुमार साह / रासस

काठमाडौँको तारकेश्वर नगरपालिका वडा नं ४ स्थित पुरानो गुहेश्वरी मन्दिरबाट फूलपातीको डोलीसहित शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज नागार्जुन दरबारतर्फ प्रस्थान गर्दै नेपाली सेना कालीध्वज गणको टोली । तस्बिर: हरिराम भेटुवाल/रासस

शनिबार टुँडिखेलमा नेपाली सेनाद्वारा आयोजित फूलपातीको बढाइँ कार्यक्रमका अवसरमा मार्चपास गर्दै नेपाली सेनाका टोली । तस्बिरः प्रदीपराज वन्त / रासस

बडादसैँको सातौँ दिन फूलपातीको अवसरमा शनिबार तनहुँको बन्दीपुर गाउँपालिका–४ स्थित खड्गदेवी मन्दिरमा खड्गजात्रा मनाउन उपस्थित सर्वसाधारणको भीड । तस्बिर : कृष्ण न्यौपाने/रासस
बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–२ स्थित वागेश्वरी मन्दिरमा फूलपाती भित्र्याउन डोली लिएर जाँदै श्री बज्र दल गणका नेपाली सेनाको टोली । तस्बिर: रुपनी जिएम/रासस
राष्ट्रपति रामचन्द्र पौडेल शनिबार टुँडिखेलमा नेपाली सेनाद्वारा आयोजित फूलपातीको बढाइँ कार्यक्रमका अवसरमा नेपाली सेनाको एक टुकडीले दिएको सलामी ग्रहण गर्नुहुँदै । तस्बिर : प्रदीपराज वन्त/रासस
प्रतिकृया दिनुहोस