Bishes Khabar https://www.bisheskhabar.com Bishes Khabar - विश्वसनीय डिजिटल पत्रिका en-US hourly 1 Copyright 2025 Wed, 02 Jul 2025 09:45:53 +0545 जीपको ठक्करबाट हार्डवेयर व्यवसायी चन्दको मृत्यु https://www.bisheskhabar.com/news/7272 Wed, 02 Jul 2025 08:25:37 +0545 https://www.bisheskhabar.com/news/7272 कञ्चनपुर । वेदकोट नगरपालिका–३ दैजी बजारमा जीपले ठक्कर दिँदा ४१ वर्षीय दीपक चन्दको मृत्यु भएको छ ।

विपरीत दिशाबाट आएको जीपले मोटरसाइकलमा सवार चन्दलाई  मङ्गलबार राति ठक्कर दिएको थियो ।  गम्भीर घाइते भएका उनको महाकाली प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । 

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सागर बोहराका अनुसार ठक्कर दिने जीप र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

भीमदत्त नगरपालिका–४ गोवरियाका स्थायी बासिन्दा चन्द दैजीमा हार्डवेयर पसल सञ्चालन गर्थे। 

]]>
आजको लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर https://www.bisheskhabar.com/news/7271 Wed, 02 Jul 2025 08:05:05 +0545 https://www.bisheskhabar.com/news/7271 काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ५४ पैसा र बिक्रीदर १३७ रुपैयाँ १४ पैसा निर्धारण गरिएको छ ।
 
युरोपियन युरो एकको खरिददर १६१ रुपैयाँ २३ पैसा र बिक्रीदर १६१ रुपैयाँ ९३ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८७ रुपैयाँ ९६ पैसा र बिक्रीदर १८८ रुपैयाँ ७९ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७३ रुपैयाँ ०७ पैसा र बिक्रीदर १७३ रुपैयाँ ८३ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ८८  पैसा र बिक्रीदर ९० रुपैयाँ २८ पैसा, क्यानेडियन डलर एकको खरिददर १०० रुपैयाँ ३४ पैसा र बिक्रीदर १०० रुपैयाँ ७८ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०७ रुपैयाँ ४२ पैसा र बिक्रीदर १०७ रुपैयाँ ९० पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ ५५ पैसा र बिक्रीदर नौ रुपैयाँ ६० पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ ०६ पैसा र बिक्रीदर १९ रुपैयाँ १५ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ४१ पैसा र बिक्रीदर ३६ रुपैयाँ ५७ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ४६ पैसा र बिक्रीदर ३७ रुपैयाँ ६३ पैसा कायम भएको छ ।
 
केन्द्रीय बैङ्कका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ २१ पैसा र बिक्रीदर चार रुपैयाँ २३ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपैयाँ १७ पैसा र बिक्रीदर ३७ रुपैयाँ ३४ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३२ रुपैयाँ ५३ पैसा र बिक्रीदर ३२ रुपैयाँ ६७ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ ०९ पैसा र बिक्रीदर १० रुपैयाँ १३ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रुपैयाँ ४७ पैसा र बिक्रीदर १४ रुपैयाँ ५३ पैसा र डेनिस क्रोनर एकको खरिददर २१ रुपैयाँ ६१ पैसा र बिक्रीदर २१ रुपैयाँ ७० पैसा तोकिएको छ ।
 
राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ३९ पैसा र बिक्रीदर १७ रुपैयाँ ४७  पैसा, कुवेती दिनार एकको खरिददर ४४७ रुपैयाँ ५३ पैसा र बिक्रीदर ४४९ रुपैयाँ ५० पैसा, बहराइन दिनार एकको खरिददर ३६२ रुपैयाँ १३ पैसा र बिक्रीदर ३६३ रुपैयाँ ७२ पैसा, ओमनी रियाल एकको खरिददर ३५४ रुपैयाँ ६४ पैसा र विक्रीदर ३५६ रुपैयाँ २० पैसा रहेको छ ।
 
भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ ।

वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।  

]]>
मनाङमा सुरू भयाे घाेडा दाैडाउने ‘यार्तुङ’ पर्व https://www.bisheskhabar.com/news/7270 Tue, 01 Jul 2025 22:16:48 +0545 https://www.bisheskhabar.com/news/7270 मनाङ । ‘खेतीपातीको उत्पादन राम्रो होस्’ भन्ने कामनासहित हिमाली जिल्ला मनाङमा ‘यार्तुङ’ अर्थात् घोडे जात्रा पर्व सुरु भएको छ ।

सोमबारदेखि पर्व सुरु भएको हो । वर्षाका बेला पर्ने यस पर्वमा घोडा कुदाउने गरिन्छ । विशेषगरी खेतीपातीको उत्पादन राम्रो होस् भन्ने कामना तथा खेतीबाली लगाइसकेपछि थकान मेटाउनका लागि पर्व मनाउने गरिएको हो । 

माथिल्लो मनाङको मनाङ गाउँ, खाङ्सार, पिसाङ, भ्राका, हुम्डे र सदरमुकाम चामेसम्म यो पर्व मनाउने गरिन्छ । यहाँ पाँच दिनसम्म पर्व मनाउने चलन छ ।  ट्याङ्की, मनाङ समाज र ङिस्याङ युवा क्लबको आयोजना तथा नेपाल प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना, ट्याङ्की मनाङ पर्यटन व्यवस्थापन उपसमितिको समन्वयमा यार्तुङ पर्व मनाइँदै आइएको छ ।  

पर्यटन व्यवसायी सङ्घ मनाङका अध्यक्ष विनोद गुरुङले विशेषगरी लामा नाचेर पर्व मनाउने गरिएको बताए । विगतमा जिल्लाभरि मनाइने पर्व बसाइँसराइले गर्दा हाल माथिल्लो मनाङमा मात्रै मनाउने गरिएको उनले सुनाए । 
    
यस पर्वलाई पाँच दिनसम्म उत्साहपूर्वक मनाउने प्रचलन रहेको स्थानीय बताउँछन् । 'घोडालाई भगवान्को रूपमा पुजिन्छ । विगतमा गाउँमा सबैले घोडा पाल्थे, खेतीपाती लगाउने सिजन सकिएपछि फुर्सदको बेला घोडालाई संयुक्त रूपमा पूजा हुन्थ्यो,' अध्यक्ष गुरुङले भने, 'अचेल घोडा पाल्ने प्रचलन कम भएकाले पर्व मनाउने चलन छोड्दै गए पनि माथिल्लो क्षेत्रमा भने कायमै छ । यहाँ घोडालाई महत्त्वपूर्ण साधनको रूपमा लिइन्छ, यस पर्वले घोडालाई संरक्षण गर्न प्रोत्साहन पनि गर्छ ।'

वर्षायाममा रोगव्याधिबाट जोगाउनु नै यस पर्वको महत्त्व तथा विशेषता हो । जानकारहरूका अनुसार यस पर्वको माध्यमबाट मनाङको परम्परागत धार्मिक आस्थालाई जोगाउनसमेत टेवा पुगेको छ । पर्वको माध्यमबाट गाउँ, समाज र व्यक्ति–व्यक्तिबीच एकापसमा सामाजिक सद्भावको विकास भइरहेको अध्यक्ष गुरुङसमेत स्वीकार्नुहुन्छ । 

यस पर्वप्रति विदेशी तथा स्वदेशीमा आकर्षण बढ्दो भए पनि स्थानीय युवाको सहभागिता कम हुँदै गएको स्थानीय ज्येष्ठ व्यक्तित्व सगर गुरुङको भनाइ छ । युवा विदेशिनु, अध्ययन, जागिरलगायत कारणले गाउँ छोड्नुजस्ता कारणले सहभागिता घटेको उनको बुझाइ छ । 

'यस पर्वतर्फ पर्यटकको आकर्षण बढ्दो छ । यहाँका वेशभूषा, संस्कृति, संस्कार र परम्परालाई संरक्षण गर्नु हाम्रो कर्तव्य हो, हाम्रो संस्कृतिको माध्यमबाट पर्यटकलाई आकर्षण गर्न थप ऊर्जा मिल्छ । यहाँको संस्कृति अध्ययन तथा प्रवर्द्धन स्थानीयको दायित्व हो,' गुरुङले भने ।  

धेरै ठाउँमा सडक नपुगेकाले अझै पनि घोडा यहाँको प्रमुख यातायात तथा सामान ढुवानीको साधन हो । जिल्लाको नार्पाभूमि गाउँपालिकामा सडक पुगेको छैन, यहाँ घोडा अझै पनि उत्तिकै महत्वपूर्ण छ । सडक पुगेका स्थानमा भने यसको प्रयोग घट्दै गएको छ । ती क्षेत्रमा घोडा पाल्ने चलन पनि कम हुँदै गएको छ । 
    
 समुद्री सतहबाट चार हजार ९१९ मिटर उचाइमा अवस्थित तिलिचो ताल, विश्वको १०औँ स्थानमा पर्ने अन्नपूर्ण पदमार्गअन्तर्गतको (४५१६ मिटर) थोराङ्ला भञ्ज्याङ यात्रामा पर्यटकको सहजताका लागि घोडाकै प्रयोग गरिन्छ ।    
    
यहाँ घाँस-दाउरा, लेकबाट जडीबुटी सङ्कलन, खाद्यान्न तथा औषधि ढुवानी, बिरामीलाई अस्पताल लैजानसमेत घोडाको प्रयोग हुँदै आएको गाउँपालिकाका अध्यक्ष कुञ्जो तेञ्जिङ लामाको भनाइ छ । सडक पुगेका क्षेत्रमा घोडा पाल्ने प्रचलन घट्दै गए पनि सडक सञ्जालले छुन नसकेका स्थानमा पुग्न घोडाले नै सहयोग पुर्याउँदै आएको उनले सुनाए । 

 मनाङमा आलु, फापर, जौ, करु, कोदो, बोडीलगायत बाली बढी लगाइने गरिन्छ । 

]]>
मनसुनकाे एक महिनामा ६७४ विपद्का घटना, ३१ जनाको मृत्यु, ११२ घाइते https://www.bisheskhabar.com/news/7269 Tue, 01 Jul 2025 21:42:08 +0545 https://www.bisheskhabar.com/news/7269 काठमाडौं । गत जेठ १५ देखि असार १६ गतेसम्म ६७४ वटा मनसुनजन्य विपद्का घटना भएका छन् । ती घटनामा  ३१ जनाको मृत्यु भएको छ भने ११२ जना घाइते भएका छन् । 

राष्ट्रिय विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार उक्त अवधिमा पहिरोका ८७  घटनामा  २५ घरमा आंशिक र ११ घरमा पूर्णक्षति भएको छ । समीक्षा अवधिमा एउटा पुल, सातवटा गोठ र १४ चौपाया मरेका छन् ।   पहिरोबाट रु दुई करोड २१ लाख बराबरको क्षति भएको छ । 

यसैगरी, बाढीका ६४ घटनामा चार जनाको मृत्यु भएको तथा चार जना नै घाइते भएका छन् । बाढीबाट १२३ परिवार प्रभावित भएका छन् । चार वटा घरमा क्षति भएको छ । चट्याङका ८२ वटा घटनामा आठ जनाको मृत्यु भएको, २० जना घाइते भएका छन् । हुरीका ४५ घटनामा एक जनाको मृत्यु भएको तथा तीन जना घाइते भएका छन् । विपद्का घटनामा २६ करोडको आर्थिक क्षति भएको जनाइएकाे छ ।

]]>
भारतको एक औषधि कारखानामा विस्फोट हुँदा ३६ जनाको मृत्यु https://www.bisheskhabar.com/news/7268 Tue, 01 Jul 2025 12:34:45 +0545 https://www.bisheskhabar.com/news/7268 काठमाडाैं । भारतको दक्षिणी राज्य तेलङ्गानाको एक औषधि कारखानामा सोमबार भएको ठूलो विस्फोट र आगलागीमा ज्यान गुमाउनेको सङ्ख्या कम्तीमा ३६ पुगेको छ । घटनामा करिब तीन दर्जन घाइते भएको अधिकारीहरूले मङ्गलबार बताएका छन् ।

तेलंगाना राज्यको राजधानी हैदराबादबाट करिब ५० किलोमिटर (३१ माइल) टाढाको औद्योगिक क्षेत्रमा भएको दुर्घटना स्थलबाट दमकलकर्मीहरूले ३४ जना कामदारका जलेका शव फेला पारेको संचार माध्यमहरूले जनाएका छन् ।

राज्यका दमकल सेवा निर्देशक जीभी नारायण रावले अन्य दुई कामदारको जलेको अवस्थामा मृत्यु भएको र उनीहरूलाई अस्पतालमा मृत घोषित गरिएको बताएका छन् । उनका अनुसार थप कामदारहरू फसेका छन् कि छैनन् भनेर पत्ता लगाउन सिगाची इन्डस्ट्रिजको नष्ट भएको औषधि एकाइको भग्नावशेष हटाउने काम भइरहेको छ ।

 करिब तीन दर्जन घाइते कामदारलाई अस्पतालमा भर्ना गरिएको छ । 'कारखानाको सम्पूर्ण संरचना भत्किएको छ। आगो निभाइएको छ र हामी आगामी केही घण्टामा भग्नावशेष हटाउने काम सकिने आशा गर्छौं,' रावले भनेका छन्।

रावका अनुसार कारखानाको स्प्रे ड्रायर युनिटमा सोमबार विस्फोट र त्यसपछिको आगलागी भएको रिपोर्ट गरिएको थियो, जुन कच्चा माललाई औषधि बनाउनका लागि फाइन पाउडरमा प्रशोधन गर्न प्रयोग गरिन्छ ।

तेलंगानाका स्वास्थ्यमन्त्री दामोदर राजा नरसिंहले विस्फोट हुँदा कारखानाभित्र एक सय आठ कामदार रहेको जानकारी दिए । 'शवहरू नराम्ररी जलेको र विकृत भएपछि डिएनए परीक्षण गर्न विशेष मेडिकल टोली तैनाथ गरिएको छ,' राज्य सरकारले घटनाको कारण अनुसन्धान गर्न प्यानल गठन गरेको उल्लेख गर्दै नरसिंहले भने ।

प्रत्यक्षदर्शीहरूले घटनास्थलबाट केही किलोमिटर टाढाबाट विस्फोटको आवाज सुनेको बताएका छन् ।

भारत विश्वका केही शीर्ष औषधि कम्पनीहरूको घर हो । औषधि कम्पनीहरूले जेनेरिक औषधि र खोपहरूको विश्वव्यापी आपूर्तिमा महत्त्वपूर्ण भूमिका खेल्छन् । देशको बलियो उत्पादन र लागत प्रभावी उत्पादनले यसलाई फार्मा दिग्गजहरूका लागि केन्द्र बनाएको छ ।

विशेष गरी रासायनिक रिएक्टरहरूसँग सम्बन्धित औद्योगिक दुर्घटनाहरू त्यस्ता कारखानाहरूमा असामान्य छैनन् । यसले सार्वजनिक स्वास्थ्यका लागि महत्त्वपूर्ण क्षेत्रमा कडा सुरक्षा प्रोटोकल र नियामक निरीक्षण लागू गर्न अधिकारीहरूको आवश्यकतालाई जोड दिन्छ ।

कम्पनीको वेबसाइट अनुसार सिगाची इन्डस्ट्रिज लिमिटेड सक्रिय औषधि सामग्री, मध्यवर्ती र भिटामिन–खनिज मिश्रणहरूसँग व्यवहार गर्ने एक भारतीय कम्पनी हो । यसका भारतभर पाँच उत्पादन सुविधा र अमेरिका र संयुक्त अरब इमिरेट्समा सहायक कम्पनीहरू छन् ।

]]>
शेखर कोइरालाले भने, 'निजामती विधेयक अनधिकृत रूपमा परिवर्तन गरिनु संसद्प्रति अपमान' https://www.bisheskhabar.com/news/7267 Tue, 01 Jul 2025 09:55:12 +0545 https://www.bisheskhabar.com/news/7267 काठमाडौं । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले  सर्वसम्मतिबाट संसद्मा पेस भई पारित भएको निजामती सेवा विधेयक अनधिकृत रूपमा परिवर्तन गरिनु संसद्प्रति गरिएको अपमान भएको बताएका छन् ।

उनले आज सामाजिक सञ्जालमार्फत यो कुनै सामान्य घटना नभई, देश र जनताप्रति गरिएको घोर अपराध र सार्वभौम संसद्प्रति गरिएको अपमान भएको उल्लेख गरेका छन् ।

यस प्रकारणमा जोडिएकालाई तुरुन्त हदैसम्मको कारबाही अगाडि बढाई, परिवर्तन गरिएको व्यवस्थालाई आजै पुरानै अवस्थामा लैजान आग्रह गर्दै नेता कोइरालाले कुलिङ पिरियड नराखी यस विधेयकका अगाडिका काम कारबाही अगाडि बढाउन नहुने बताएका छन् ।

'सर्वसम्मतिबाट संसदमा पेस भएको निजामति सेवा विधेयक अनधिकृत रुपमा परिवर्तन गरिनु, गराईनु कुनै सामान्य घटना नभई, देश र जनता प्रति गरिएको घोर अपराध र सार्वभौम संसदप्रति गरिएको अपमान हो । यस प्रकारणमा जोडिएकालाई तुरुन्त हदै सम्मको कारवाही अगाडि बढाई, परिवर्तन गरिएको व्यवस्थालाई आजै पुरानै अवस्थामा लैजाउँ । कुलिङ पिरियड नराखी यस विधेयकका अगाडिका काम कारवाही अगाडि बढ्नु हुँदैन र बढ्दैन' उनले फेसबुकमा लेखेका छन् । 

के छ विधेयकमा ? 

प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा निजामती विधेयकको प्रतिवेदनलाई पारित गर्दा बहुचर्चित ‘कुलिङ अफ पिरियड’ को सन्दर्भमा जे सहमति गरिएको थियो, आइतबार सदनबाट पारित हुँदा भने फरक परेको छ ।  

सरकारले फागुन २०८० मा संसद्मा दर्ता गराएको विधेयकमा ‘संवैधानिक, कूटनीतिक नियुक्ति वा सरकारले गर्ने अन्य कुनै नियुक्तिबाहेकको पदमा नेपाल सरकारको पूर्वस्वीकृति नलिई सेवा निवृत्त भएको मितिले दुई वर्षसम्म काम गर्नु नहुने’ व्यवस्था थियो । यो प्रबन्धले संवैधानिक र राजनीतिक नियुक्तिमा कुनै अवरोध थिएन, सरकारीबाहेक निजी तथा गैरसरकारी संस्थामा नियुक्ति लिन मात्र सरकारको स्वीकृति चाहिने उद्देश्य राखिएको थियो ।

तर, राज्य व्यवस्था समितिले सांसद दिलेन्द्रप्रसाद बडूको संयोजकत्वमा गठन गरेको उपसमितिले भने संवैधानिक तथा राजनीतिक नियुक्तिमा ‘कुलिङ अफ पिरियड’ राखेको थियो । उपसमितिले भनेको थियो, ‘निजामती कर्मचारी वा अन्य सरकारी सेवाबाट अवकाश भएको कर्मचारीले सेवाबाट अवकाश भएको मितिले एक वर्ष अवधि पूरा नभई कुनै पनि संवैधानिक वा सरकारी पदमा नियुक्ति पाउने छैन । तर, नेपाल सरकारले गर्ने कूटनीतिक नियुक्ति वा नेपालको संविधानबमोजिम न्याय परिषद्को सिफारिसमा न्यायाधीश पदमा हुने नियुक्ति पाउन यस उपदफाको व्यवस्थाले बाधा पारेको मानिने छैन ।’

उपसमितिले गरेका व्यवस्थाले न्यायाधीश र राजदूत नियुक्तिको बाटो खोलेको र अन्य नियुक्तिलाई रोकेर विभेद गरेको भन्दै विरोध भएपछि राज्य व्यवस्था समितिले सबैलाई समान दुई वर्षको ‘कुलिङ अफ पिरियड’ राख्ने सर्वसम्मतिबाट सहमति गर्‍यो । समितिले विधेयकको दफा ८२ को उपदफा ४ मा प्रस्ट भनेको थियो, ‘निजामती कर्मचारी वा अन्य सरकारी सेवाबाट राजीनामा दिएको वा अवकाश भएको कर्मचारीले सेवाबाट अवकाश भएको मितिले दुई वर्ष अवधि पूरा नभई कुनै पनि संवैधानिक नियुक्ति वा सरकारी पदमा नियुक्ति पाउने छैन ।’

सरकारले विधेयकमा प्रस्तुत गरेको दफा ८२ (४) नै संशोधन भएपछि यो विषयको अन्तिम टुंगो लागिसकेको थियो । तर, समितिका सभापति रामहरि खतिवडा र सचिव सुरजकुमार दुराले विधेयकमा उपदफा ५ थप गरी सरकारले राखेको दफा (४) लाई पनि निरन्तरता दिए । ‘संवैधानिक वा कूटनीतिक नियुक्ति तथा नेपाल सरकारले गर्ने अन्य कुनै नियुक्तिबाहेकको पदमा सेवा निवृत्त भएको मितिले दुई वर्षसम्म काम गर्नु नहुने’ व्यवस्थालाई उपदफा (५) मा निरन्तरता दिए ।

राज्य व्यवस्था समितिले दुई वर्षको ‘कुलिङ अफ पिरियड’ राखेको भनेर गरेको प्रचारका आधारमा विधेयक र प्रतिवेदनका पाना पढ्दै नपढी सांसदहरूले जस्ताको त्यस्तै पारित गरे । जसले गर्दा विधेयकको दफा ४ ले गरेको व्यवस्थालाई दफा ५ ले खण्डित गरेको छ । 

]]>