२०८१ बैशाख २७ गते बिहिबार | 9 May, 2024

घट्यो सुनको मूल्य

मङ्गलबार ०६, पुष २०७८ १२:४०

घट्यो सुनको मूल्य

काठमाडाैं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ८०० रूपाैंयाले घटेर ९३ हजार तोकिएको छ । पहेँलो धातु साेमबार दिन प्रतितोला ९३ हजार ८०० मा कारोबार भएको थियो  ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला ९२ हजार ५०० कायम भएको छ जसको मूल्य सोमबार प्रतितोला ९३ हजार ३०० तोकिएको थियो ।
        
 त्यस्तै मंगलबार चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला १० ले घटेर रु एक हजार २३५ तोकिएको महासङ्घले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ७९२ डलर आसपास कारोबार भइरहेको छ ।


प्रतिकृया दिनुहोस