२०८१ जेठ ०७ गते सोमबार | 20 May, 2024

तोलामा २ हजार ३ सयले बढ्यो सुनको भाउ

- विशेष खबर शुक्रबार २८, बैशाख २०८१ ११:२७

तोलामा २ हजार ३ सयले बढ्यो सुनको भाउ

काठमाडौं । स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य तोलामा रु दुई  हजार तीन सयले वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, छापावाला सुन बिहीबार प्रतितोला एक लाख ३५ हजार ६ सयमा कारोबार भएको थियो । आजका लागि भने छापावाला सुन तोलामा एक लाख ३७ हजार नौ सय बराबरको मूल्य निर्धारण भएको छ ।

त्यस्तै, तेजाबी  सुन बिहीबार प्रतितोला एक लाख ३४ हजार नौ सय ५० मा कारोबार भएको थियो । आजका लागि भने तेजाबी सुन एक लाख ३७ हजार दुई सय ५० निर्धारण भएको छ ।

यसैगरी, चाँदी भने तोलामा ५० ले बृद्धि भएको छ । बिहिबार प्रतितोला एक हजार छ सय ८५ मा कारोबार भएकामा आजका लागि भने एक हजार सात सय ३५ निर्धारण भएको जनाइएको छ । 
 


प्रतिकृया दिनुहोस