२०८२ पुष १८ गते शुक्रबार | 2 January, 2026

शनिबार थप ३७८ जनामा कोरोना संक्रमण पुष्टि, ३ जनाकाे मृत्यु

शनिबार २४, साउन २०७७ ०४:३३

शनिबार थप  ३७८ जनामा कोरोना संक्रमण पुष्टि, ३ जनाकाे मृत्यु

काठमाडाैं । नेपालमा पछिल्लाे २४ घन्टामा थप ३७८ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ ।

स्वास्थ तथा जनसंख्या मन्त्रालयकाे नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रबक्ता डा जागेश्वर गाैतमले उक्त संख्यामा संक्रमण पुष्टि भएकाे जानकारी दिएका हुन । 

७ हजार ७८८ पीसीआर परीक्षणमा ३७८ जनामा  कोरोना संक्रमण देखिएको हो । नेपालमा कोरोना संक्रमितको संख्या २२ हजार पाँच सय ९२ पुगेको छ।

यसैगरी पछिल्लो २४ घण्टामा ४ सय ९९ जना कोरोना निको भएर घर फर्किएको डाक्टर गौतमले जानकारी दिए। अहिलेसम्म कोरोना निको भएर १६ हजार तीन सय १३ जना घर फर्किसकेका छन्।

 यसैगरी कोरोनाबाट नेपालमा अहिलेसम्म ७३ जनाको मृत्यु भइसकेको छ।


#काेराेना संक्रमण

प्रतिकृया दिनुहोस