२०८२ पुष १८ गते शुक्रबार | 2 January, 2026

पहिरोले घर पुरिँदा आमा-छोराको मृत्यु

शुक्रबार २३, साउन २०७७ ०९:४५

पहिरोले घर पुरिँदा आमा-छोराको मृत्यु

बैतडी । बैतडीको डिलासैनी गाउँपालिका–४ मठैराजमा पहिरोमा पुरिएर आमा-छोराको मृत्यु भएको छ।

बिहीबार राति १ बजे माथिबाट आएको पहिराेले घर पुरिँदा आनसिंह बोहराकी ४० वर्षीया श्रीमती पशुपति र १२ वर्षीय छोरा रिकेशको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक किसन चन्दले बताए।

राति सुतिरहेको समयमा खसेकाे पहिरोमा च्यापिएर दुवै जनाको मृत्युु भएको हो भने सोही घरको अर्को कोठामा रहेका दुई जना भागेर बाच्न सफल भएको प्रहरीले जनाएको छ।


#पहिराे

प्रतिकृया दिनुहोस