२०८२ भदौ २४ गते मङ्गलबार | 9 September, 2025

१० करोड क्षतिपुर्ति माग गर्दै साम्राज्ञीविरूद्ध भुवन केसीले मुद्दा हाले

शुक्रबार ०९, साउन २०७७ ०४:२७

१० करोड क्षतिपुर्ति माग गर्दै साम्राज्ञीविरूद्ध भुवन केसीले मुद्दा हाले

काठमाडाैं  । अभिनेता भुवन केसीले अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहविरूद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेका छन्।

शुक्रबार दिउँसो उनले १० करोड क्षतिपुर्ति माग गर्दै शाहविरूद्ध मुद्दा दर्ता गरेको बताइएकाे छ । 

केसीले निवेदनमा आफूलाई साम्राज्ञीले बेइज्जत गरेको उल्लेख गरेका छन्।

अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले फिल्ममा काम गर्ने क्रममा आफू दुर्व्यवहारको शिकार भएको बताएकी थिइन्। केही समयअघि  सामाजिक सञ्जाल 'इन्स्टाग्राम' मा भिडिओ पोस्ट गर्दै उनले उक्त कुरा सार्वजनिक गरेकी थिइन्।

 


प्रतिकृया दिनुहोस