२०८२ पुष १८ गते शुक्रबार | 2 January, 2026

अपराधका संरक्षक न्यायाधीशमाथि महाभियोग लगाऊँः पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई

शुक्रबार ०९, साउन २०७७ ०९:४५

अपराधका संरक्षक न्यायाधीशमाथि महाभियोग लगाऊँः पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई
फाइल तस्बीर ।

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले अपराधलाई संरक्षण गर्ने न्यायाधीशमाथि महाअभियोग लगाउन प्रस्ताव गरेका छन् । 

सर्वोच्च अदालतले जेल सजायँ कटौती गरिदिएपछि पूर्वडीआईजी रञ्जन कोइराला रिहा भएको भोलिपल्टै डा. भट्टराईले न्यायाधीशमाथि महाअभियोग लगाउन प्रस्ताव गरेका हुन् ।

समाजवादी पार्टीका अध्यक्षसमेत रहेका डा. भट्टराईले देश गम्भीर संकटतिर जान लागेको बताउँदै आफ्ना पाँच धारणा बुँदागत रुपमा ट्वीटरमार्फत् सार्वजनिक गरेका छन् ।

डा. भट्टराईले ट्वीटगर्दै भने, देश गम्भीर संकटतिर जाँदैछ। लोकतान्त्रिक ढंगले संकटमोचन गर्न यसो गरौं, संसद अधिवेशन बोलाऊँ, KPOलाई विदा गरेर नेकपाभित्रैबाट नयाँPMचयन गरौं, अपराधका संरक्षक न्यायाधीशमाथि महाभियोग लगाऊँ, भ्रष्टाचार रोक्न शक्तिशाली लोकपाल गठनगरौं र प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिमा जाऊँ!


#डा. बाबुराम भट्टराई

प्रतिकृया दिनुहोस