- विशेष खबर बुधबार २५, भदौ २०८२ १०:३०
काठमाडाैं । काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाह (बालेन) ले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिक सरकार गठन गर्न माग गरेका आग्रह गरेका छन् ।
आन्दोलनरत जेनजी पुस्तालाई बुधबार राति फेसबुकमार्फत उनले देशले इतिहासमै नभएको फरक परिस्थितिमा भएकाले धैर्यता साथ अघि बढ्न सुझाव दिएका छन् ।
'यो बेला कृपया नआत्तिनु होला, धैर्य राख्नु होला । अब देश अन्तरिम सरकारमा जाँदैछ, जसले देशमा नयाँ चुनाव गराउनेछ । यो अन्तरिम सरकारको काम भनेको चुनाव गराउने,देशलाई नयाँ जनादेश दिने हो' उनले भनेका छन् ।
उनले रास्ट्रपति रामचन्द्र पौडेललाई पनि जेनजीले ल्याएको ऐतिहासिक क्रान्तिलाई संरक्षण गर्न अन्तरिम सरकारको गठन र संसदको विघटन अविलम्ब गर्न सुझाव दिएका छन् ।
प्रतिकृया दिनुहोस