- विशेष खबर मङ्गलबार २४, भदौ २०८२ ०२:३७
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिएका छन् ।
सोमबार भएको जेन-जी आन्दोलनमा सरकारले चर्को दमन गर्दा १९ जनाको मृत्यु भएपछि चर्किएको आन्दोलनको पृष्ठभूमिमा एकपछि अर्को मन्त्रीहरुले राजीनामा दिन थालेपछि प्रधानमन्त्रीले पनि राजीनामा दिएका हुन् ।
जेनजीकाे प्रदर्शनका क्रममा मंगलबार पनि प्रदर्शन भइरहेकाे छ । मुलुककाे मुख्य प्रशासनिक केन्द्र सिंहदरबारमा समेत प्रवेश गरेका छन् । प्रदर्शनकारीले देशका बिभिन्न ठाउँ सरकारी कार्याल र पार्टी कार्यालयहरू, नेताका घरहरूमा ताेडफाेड र अागजनी गरेका छन् ।
प्रतिकृया दिनुहोस