- विशेष खबर मङ्गलबार २४, असार २०८२ १०:०७
काठमाडौं । मंगलबार बिहान रसुवागढी नाकास्थित भोटेकोशीमा आएको बाढीमा १८ जना सम्पर्कविहीन भएका छन् ।
रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीका अनुसार सम्पर्कविहीन हुनेहरूमा ३ जना प्रहरी ९ जना सर्वसाधारण र ६ जना चिनियाँ नागरिक रहेका छन् ।
भोटेकोशीकाे भीषण बाढीले रसुवागढी नाकामा रहेको नेपाल-चीन जोड्ने मितेरी पुल बगाएको छ । बाढीमा फसेका ९ जनाकाे उद्धार गरिएकाे छ । एक प्रहरी, एक सशस्त्र र ७ स्थानीय गरी ९ जनाकाे उद्धार गरिएकाे हाे ।
गाेसाइकुण्ड गाउँपालिका २ स्थित रसुवागढीमा रहेकाे भन्सार कार्यालयमा रहेका ७/८ वटा नयाँ विद्युतीय गाडी (ईभी) बगाएकाे छ भने चार्जिङ स्टेसनमा पनि क्षति भएकाे छ । बाढीले रसुवागढी हाइड्राेपावरकाे ड्याममा पनि क्षति भएकाे छ ।
प्रतिकृया दिनुहोस