२०८१ बैशाख १६ गते आइतबार | 28 April, 2024

विश्वकप क्रिकेट लिगको पहिलो शृङ्खला नेपालमा हुने

- विशेष खबर शुक्रबार १५, मङि्सर २०८० ०५:३०

विश्वकप क्रिकेट लिगको पहिलो शृङ्खला नेपालमा हुने

काठमाडौं । आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको पहिलो त्रिकोणात्मक शृङ्खला घरेलु मैदानमा हुने भएको छ ।

नेपाल, नेदरल्यान्ड र नामिबियाबीच हुने उक्त शृङ्खला आगामी फागुन ५ देखि हुने नेपाल क्रिकेट सङ्घ (क्यान) ले जनाएको छ । नेपालले दुबै टोलीसँग समान दुई खेल खेल्नेछ । 

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)का अनुसार यस संस्करणको खेलमा विभिन्न आठ राष्ट्र सहभागी हुनेछन् । जसमा नेपालसहित नामिबिया, क्यानडा, नेदरल्यान्ड, स्कटल्यान्ड, संयुक्त अरब इमिरेट्स (युएई), ओमान र अमेरिका छन् । 

लिग सन् २०२७ सम्म सञ्चालन हुनेछ । यसअघि सन् २०१९ देखि २०२३ सम्म भएको अघिल्लो संस्करणको लिगमा नेपालले तेस्रो स्थान हासिल गरेको थियो ।


प्रतिकृया दिनुहोस