२०८२ पुष १८ गते शुक्रबार | 2 January, 2026

दक्षिण कोरियामा माछा मार्ने डुङ्गा पल्टिँदा चार जनाको मृत्यु

एजेन्सी आइतबार ०५, कार्तिक २०८० ०९:०६

दक्षिण कोरियामा माछा मार्ने डुङ्गा पल्टिँदा चार जनाको मृत्यु

सियाेल । दक्षिण कोरियाको दक्षिणपश्चिमी तटमा आइतबार माछा मार्ने डुङ्गा पल्टिँदा चार जनाको मृत्यु भएको छ ।

दुर्घटनामा चालक दलका बाँकी १४ सदस्य घाइते भएका छन् ।

योनहाप समाचार एजेन्सीले जनाएअनुसार १८ जना मानिस बोकेको ७.९३ टनको जहाज स्थानीय समयअनुसार बिहान ५ः५७ बजे सियोलबाट करिब २०० किलोमिटर दक्षिणमा रहेको पश्चिमी तटीय शहर बुआनमा टगबोटसँग ठोक्किएपछि समुद्रमा पल्टिएको थियो ।

तटरक्षक अधिकारीलाई उद्धारमा संलग्न रहेको बताइएको छ । 


प्रतिकृया दिनुहोस