२०८१ बैशाख १५ गते शनिबार | 27 April, 2024

'ऐँठन'लाई मदन पुरस्कार, मुखियालाई जगदम्बाश्री

- विशेष खबर आइतबार १४, असोज २०८० ११:२९

'ऐँठन'लाई मदन पुरस्कार, मुखियालाई जगदम्बाश्री

काठमाडौं । यस वर्षको मदन पुरस्कार आख्यानकार विवेक ओझाको उपन्यास 'ऐँठन'लाई दिइने भएको छ । मदन पुरस्कार गुठीको आइतबारको बैठकले उक्त निर्णय गरेको हो ।

यस्तै, २०७९ सालको जगदम्बाश्री वरिष्ठ कलाकार टेकवीर मुखियालाई दिने निर्णय भएको गुठीले जनाएको छ ।

ओझाको यसअघि 'ऐलानी' नामक उपन्यास प्रकाशित छ भने मुखिया लामो समयदेखि ललितकला र पुस्तकका आवरण सिर्जनामा सक्रिय छन् । दुवै पुरस्कारको राशि ४/४ लाख रुपैयाँ र प्रमाणपत्र रहेको छ ।

विसं २०१२ मा स्थापित मदन पुरस्कार गुठीले पहिलोपल्ट २०१३ सालमा गद्य विधामा सत्यमोहन जोशीको 'हाम्रो लोक संस्कृति, सामाजिक शास्त्रमा चित्तरञ्जन नेपालीको जनरल भीमसेन थापा र तत्कालीन नेपाल' तथा विज्ञान विधामा बलराम जोशीको ‘अधिकविभव स्थिरविद्युत् उत्पादक' पुस्तकलाई मदन पुरस्कार प्रदान गरेको थियो ।

विसं २०४५ सालमा रानी जगदम्बाको निधनपछि उनको सम्झना स्वरूप जगदम्बा-श्री पुरस्कारको स्थापना गरिएको थियो ।


प्रतिकृया दिनुहोस