२०८२ पुष १८ गते शुक्रबार | 2 January, 2026

खर काट्न गएकी किशोरीको भिरबाट लडेर मृत्यु

- विशेष खबर आइतबार १४, असोज २०८० ०८:४०

खर काट्न गएकी किशोरीको  भिरबाट लडेर मृत्यु

बैतडी । बैतडीमा भिरबाट लडेर एक किशोरीको मृत्यु भएको छ। दोगडाकेदार गाउँपालिका –१ गोरङकी १८ बर्षिया सुमिता बिष्टको शनिबार भिरबाट लडेर मृत्यु भएको हो।

दिउँसो ५ बजे खर काट्ने क्रममा पिनेखोला भन्ने भिरबाट लडेर सुमिताको ज्यान गएको स्थानीयले बताएका छन्।

भिरबाट लडेर किशोरीको घटनास्थलमै मृत्यु भएको बताइएको छ। किशोरी पन्चदेव माध्यमिक विद्यालय रिममा कक्षा १२ मा अध्ययनरत थिइन्।


प्रतिकृया दिनुहोस