२०८१ बैशाख १५ गते शनिबार | 27 April, 2024

आइएमईको नयाँ योजना- 'आइएमई गरौं, करोडपति बनौं'

- विशेष खबर मङ्गलबार ०२, असोज २०८० ११:१६

आइएमईको नयाँ योजना- 'आइएमई गरौं, करोडपति बनौं'

काठमाडाैं । रेमिटेन्स सेवा प्रदायक कम्पनी आइएमईले नयाँ योजना 'आइएमई गरौं, करोडपति बनौं' ल्याएको छ।

विदेशमा कमाएको रकम ‌औपचारिक माध्यम-रेमिटेन्स मार्फत रकम पठाउन थप प्रोत्साहन गर्ने उद्देश्यले यो योजना सार्वजनिक गरिएको कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार योजनाअन्तर्गत आइएमई गरी रकम पठाउने सेवाग्राहीहरूमध्ये एक जनाले एक करोड रूपैयाँ नगद जित्न सक्ने छन्। सँगै हरेक महिना एक जनाले एक लाख नगद रूपैयाँ पाउने छन्। यसै गरी दसैं, तिहार तथा छठ पर्वमा १८ सय सेवाग्राहीले थप आकर्षक उपहार प्राप्त गर्ने छन्।

आइएमई गरी आइएमई पे वालेट र बैंक खातामा जम्मा गर्ने तथा आइएमई काउन्टरमा रकम पठाउने सेवाग्राहीहरू यो योजनामा सहभागी हुन पाउने छन्। यो योजना २०८० असोज २ गते देखि २०८१ भदौ मसान्तसम्म लागू हुनेछ।

आइएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेलले आइएमईले वैदेशिक रोजगारमा रहेका श्रमिक तथा विदेशमा स्वरोजगारमा रहेका सेवाग्राहीहरूलाई औपचारिक माध्यमबाट रकम पठाउन यो योजनाले उत्प्रेरकका रूपमा काम गर्ने बताए।

साथै यो योजनाले डिजिटल माध्यमबाट रकम पठाउन सेवाग्राहीलाई प्रेरित गर्ने पनि प्रमुख कार्यकारी अधिकृत पौडेलले बताए।


#रेमिट्यान्स

प्रतिकृया दिनुहोस