२०८२ असार २३ गते सोमबार | 7 July, 2025

मधेस र कोशी प्रदेशका ७ जिल्लामा भारी वर्षा, दिउँसाेसम्म सतर्क रहन आग्रह

- विशेष खबर बिहिबार २८, असार २०८० ०९:२४

मधेस र कोशी प्रदेशका ७ जिल्लामा भारी वर्षा, दिउँसाेसम्म सतर्क रहन आग्रह

काठमाडाैं । मधेश र कोशी प्रदेशका सात जिल्लामा भारी वर्षा मापन भएको छ। जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो ३ देखि ६ घन्टामा झापा, मोरङ, सुनसरी, सप्तरी, धनुषा, बारा, पर्सा जिल्लाका धेरै स्थानमा भारी वर्षा भएको छ।

झापाको अनारमनीमा पछिल्लो २४ घन्टामा १ सय ७९ मिलिमिटर वर्षा मापन गरिएको छ।

त्यस्तै चन्द्रगढी विमानस्थल आसपासका क्षेत्रमा १ सय ४१.६ मिलिमिटर वर्षा भएको छ। धरानको सुनसरी आसपासमा १ सय ५६.४ मिलिमिटर पानी परेको मान गरिएको छ। यता बाराको निजगढ क्षेत्रमा पछिल्लो २४ घन्टामा १ सय २९.६ मिलिमिटर पानी परेको छ।

नदी तटीय क्षेत्र र डुवान भइरहने होचा स्थानमा दिउँसो १२ बजेसम्म उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।


प्रतिकृया दिनुहोस