२०८२ पुष १८ गते शुक्रबार | 2 January, 2026

चट्याङ लागेर ४५ भेडा मरे

- रासस शनिबार ०९, असार २०८० १०:४७

चट्याङ लागेर ४५ भेडा मरे
फाइल फाेटाे

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ फुर्केरुख खर्कमा चट्याङ लागेर ४५ भेडा मरेका छन् । 

अन्नपूर्ण–३ ठाडाका छकबहादुर पुनको गोठमा चट्याङ परेर भेडा मरेका हुन् । अन्नपूर्ण गाउँपालिका पशु सेवा शाखाका प्राविधिक प्रकाश जिसीले आज विहान १ बजेतिर परेको चट्याङले लागेर ४५  भेडा मरेका जानकारी दिए ।  

'बिहानै कृषकले ४५  भेडा मरेको जानकारी गराएपछि हामीहरु घटनास्थलतर्फ जाने तयारीमा छौँ,' उनले भने, 'चरनका लागि लेकमा लगेका भेडा खर्कमा बास बसेको ठाउँमा चट्याङ पर्दा गोठाला पनि सामान्य घाइते भएका छन् ।'

गाउँपालिकाका जनप्रतिनिधि, प्रहरी र जनप्रतिनिधिको टोली घटनास्थलतर्फ गएको छ । घटनास्थलतर्फ जाँदै गरेका अन्नपूर्ण गाउँपालिका–४ का वडासदस्य श्याम पुर्जाले चट्याङ लाखौँको पशुधनको क्षति भएको बताए।

११ लाख रूपैयाँभन्दा बढीको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । 


प्रतिकृया दिनुहोस