२०८२ असार २३ गते सोमबार | 7 July, 2025

क्यापस समायाेजन गर्दै त्रिवि, निवेदन पेस गर्न आग्रह

- विशेष खबर मङ्गलबार ३०, जेठ २०८० १२:१२

क्यापस समायाेजन गर्दै त्रिवि, निवेदन पेस गर्न आग्रह

काठमाडाैं । त्रिभुवन विश्वविधालयले समायोजन हुन इच्छुक क्यापसलाई निवेदन पेस  गर्न आग्रह गरेको छ ।

 सम्बन्धन प्रदत्त दुई वा दुईभन्दा बढी क्याम्पस पूर्णरुपले एक आपसमा गाभिई समायोजन हुन चाहेमा यही असार मसान्तसम्म योजना निर्देशनालयमा निवेदन पेस गर्न आग्रह गरेको हो । 

त्रिविले आज सूचना जारी गर्दै सम्बन्धित इच्छुक क्याम्पसलाई सामायोजन हुन चाहने क्यापसले आफ्नो क्यापससभा वा सञ्चालक समितिबाट समायोजन हुने निर्णय गराई तोकिएको समयभित्र निवेदन पेश गर्न सूचना जारी गरेको हो । 

निवेदन गर्दा दुवै क्याम्पसको बेग्लाबेग्लै निवदेन  दिने, मर्ज गर्नुपर्ने औचित्य खुलेको र समाहित हुने क्याम्पस खारेज गर्ने समितिको निर्णय, सम्बन्धन पत्र, नवीकरण पत्र र अक्षयकोषको रसिदको प्रतिलिपि पेस गर्नुपर्ने सूचनामा उल्लेख छ ।


प्रतिकृया दिनुहोस