२०८१ बैशाख २८ गते शुक्रबार | 10 May, 2024

‘आईएमई पे’ को नयाँ अफर : रु. १ को खेल ‘आईएमई पे’ एपमा

- विशेष खबर बिहिबार ११, जेठ २०८० १०:१२

‘आईएमई पे’ को नयाँ अफर : रु. १ को खेल ‘आईएमई पे’ एपमा

काठमाडौं | ‘आईएमई पे’ ले ‘रु. १ मा के, सामसुङ इन आईएमई पे’ नामक खेल आफ्नो एपमा सार्वजनिक गरेको छ ।

यस अफरमा ‘आईएमई पे’ का सम्पूर्ण प्रयोगकर्ताहरूले केवल १ रुपैयाँमा सो खेल खेली सामसुङको ग्यालेक्सी ए-१४ ५जी स्मार्टफोन जित्ने मौका पाउन सक्ने छन् ।

प्रयोगकर्ताहरुले यो खेल ‘आईएमई पे’ एपको होमपेजमा ‘रु. १ मा के’ ब्यानरमा गएर खेल्न सक्नेछन् । १० जेठदेखि सुरू भएको यस एक हप्ते अफरमा प्रयोगकर्ताहरुले धेरै पटक १ रूपैयाँ तिरी उक्त खेल खेल्न सक्ने छन् ।

यस अफरको अन्त्यमा १ भाग्यशाली विजेताको घोषणा ‘आईएमई पे’ को सामाजिक सञ्जाल मार्फत हुनेछ । साथै यस अफरको अन्त्यमा अन्य सम्पूर्ण सहभागीहरूको पैसा फिर्ता पनि गरिने जानकारी कम्पनीले गरेको छ ।


प्रतिकृया दिनुहोस