२०८१ जेठ ०८ गते मङ्गलबार | 21 May, 2024

नक्कली भुटानी शरणार्थी प्रकरणमा अहिलेसम्म १३ जना पक्राउ , टाेपबहादुरलाई अदालत उपस्थित गराइँदै

- विशेष खबर सोमबार ०१, जेठ २०८० ११:४३

नक्कली भुटानी शरणार्थी प्रकरणमा अहिलेसम्म १३ जना पक्राउ , टाेपबहादुरलाई अदालत उपस्थित गराइँदै

काठमाडाैं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई प्रहरीले आज जिल्ला अदालत काठमाडौंमा उपस्थित गराउने तयारी गरेको छ । 

उक्त प्रकरणमा वैशाख २० गते पक्राउ पुर्जी जारी भएपछि फरार रहेका रायमाझीलाई आइतबार साँझ काठमाडौंको बूढानीलकण्ठबाट प्रहरीले पक्राउ गरेको थियो । रायमाझीलाई म्याद थपका लागि साेमबार अदालत उपस्थित गराउने तयारी भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । 

रायमाझीलाई नेकपा एमालेले यसअघि नै आफ्नो पार्टीको सचिव पदबाट निलम्बन गरिसकेको छ । प्रहरीले पूर्वगृहमन्त्री रामबहादुर थापाका छोरा प्रतिक, कांग्रेसका पूर्वसभासद् आङ्टावा शेर्पा तथा पूर्वगृहमन्त्री थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राईका छोरा निरजविरुद्ध पनि पक्राउ पुर्जी जारी गरेकामा तीनै जना हालसम्म फरार रहेकाले सम्भावित ठाउँमा खोजतलासलाई तीव्र पारिएको प्रहरीले जनाएको छ । 

नक्कली भुटानी शरणार्थी प्रकरणमा अहिलेसम्म पूर्वउपप्रधानमन्त्री रायमाझी र पूर्वगृहमन्त्री बालकृष्ण खाँणसहित १३ जना पक्राउ परिसकेका छन् ।


प्रतिकृया दिनुहोस