२०८२ पुष १८ गते शुक्रबार | 2 January, 2026

आइएमई पेले क्युआर भुक्तानीमा रिवार्ड पोइन्ट दिने

- विशेष खबर आइतबार २४, बैशाख २०८० ०९:५४

आइएमई पेले क्युआर भुक्तानीमा रिवार्ड पोइन्ट दिने

काठमाडाैं । आइएमई डिजिटल सोलुसन लिमिटेडको 'आइएमई पे' ले क्युआर भुक्तानीमा रिवार्ड पोइन्ट दिने भएको छ।

ग्राहकलाई विद्युतीय तथा क्युआर भुक्तानीतर्फ प्रेरित गर्ने उद्देश्यका साथ आइएमई पेले क्युआर भुक्तानीमा रिवार्ड पोइन्ट दिने भएको बताएको छ।

सो भुक्तानी बाहेक आइएमई पेले अन्य विभिन्न सुविधामा पनि रिवार्ड पोइन्ट दिनेछ। रिवार्ड पोइन्ट जुनसुकै किसिमको क्युआर भुक्तानीमा समेत पाउन सकिने छ।

सो रिवार्ड पोइन्ट कारोबार गर्दै जाँदा जोडिदै जानेछ र भविष्यमा ग्राहकले रिवार्ड पोइन्ट रिडीम पनि गर्न सक्ने कम्पनीले बताएको छ।

 

 


प्रतिकृया दिनुहोस