२०८२ पुष १८ गते शुक्रबार | 2 January, 2026

कपिलवस्तुका थप तीन जनामा काेराेना पुष्टि, संक्रमित २७६ पुगे

शनिबार ०३, जेठ २०७७ ११:४२

कपिलवस्तुका थप तीन जनामा काेराेना पुष्टि, संक्रमित २७६ पुगे

काठमाडाैं । कपिलवस्तुमा कोरोना भाइरसका थप तीन जना संक्रमित भेटिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार दिएको जानकारीअनुसार नेपालमा कोरोना संक्रमितकाे संख्या दुई सय ७६ पुगेको छ।

शनिबार साढे ११ बजेकाे अपडेट अनुसार कपिलवस्तु शिवराज चन्द्रौटाका २५, ३४ र ४४ वर्षीय पुरूषमा संक्रमणा देखिएकाे हाे । 

उनीहरूको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। यसअघि शनिबार नै ६ जनामा संक्रमण देखिएकाे थियाे । 


प्रतिकृया दिनुहोस