२०८१ जेठ ०७ गते सोमबार | 20 May, 2024

बिहारमा ट्रकको ठक्करबाट कम्तीमा ७ जनाको मृत्यु

एजेन्सी सोमबार ०५, मङि्सर २०७९ ०६:५६

बिहारमा ट्रकको ठक्करबाट कम्तीमा ७ जनाको मृत्यु

काठमाडौं । बिहारको वैशाली जिल्लाको मेहनार क्षेत्रमा ट्रकको ठक्करबाट कम्तीमा ७ जनाको मृत्यु भएको छ ।

भारतीय सञ्चारमाध्यमहरूमा आएका खबरहरू अनुसार मेहनार–हाजीपुर मार्गमा उक्त घटना भएको हो । सडक किनारमा हिँडिरहेका मानिसहरुलाई ट्रकले ठक्कर दिँदा ७ जना बालबालिको मृत्यु भएको समाचार एजेन्सी एएनआईले जनाएको छ ।

बीबीसी हिन्दीका अनुसार आइतबार राति ९ बजेको समयमा नयाँगाउँ टोलमा मानिसहरु सडक किनारमा पूजाआजा गरिरहेको समयमा तीव्र गतिमा आएको ट्रकले उनीहरुलाई ठक्कर दिएको हो । घटनाबारे थप विवरण आउन बाँकी छ ।


प्रतिकृया दिनुहोस