२०८१ जेठ ०८ गते मङ्गलबार | 21 May, 2024

क्यान र क्रिक एचक्युबीच तीन वर्षका लागि सम्झौता

- विशेष खबर शनिबार ०४, भदौ २०७९ १२:४४

क्यान र क्रिक एचक्युबीच तीन वर्षका लागि सम्झौता

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले क्रिकेटमा विश्वकै ठूलो डिजिटल प्लेटफर्म कम्पनी क्रिक एचक्युसँग सम्झौता गरेको छ ।

क्यानले शनिबार एक विज्ञप्ति निकाल्दै न्युजिल्याण्डको कम्पनी क्रिक एचक्युसँग तीन वर्षको सम्झौता गरिएको जनाएको छ । क्यानले विश्वको सबैभन्दा ठूलो डिजिटल प्लेटफर्म  क्रिक एचक्युसँगको साझेदारीले सबै तहका क्रिकेटका डिजिटलाइजेसन, लाइभ स्कोरिङ र स्ट्रिमिङलगायत प्राविधिक विकास ल्याउन मद्दत पुग्ने विश्वास लिएको छ ।

क्यानका कार्यवाहक सचिव प्रशान्त विक्रम मल्लले क्रिक एचक्युसँगको साझेदारीले उत्साहित रहेको र यस सहकार्यले क्यानका लागि पूर्ण डाटाबेस विकास गर्नमा धेरै मद्दत पुग्ने बताए । उनले भनेका छन्, ‘क्यानले क्रिक एचक्युसँग साझेदारी गरेकोमा हामी हर्षित छौं। म विश्वस्त छु कि हाम्रो साझेदारीले क्यान को लागि एक पूर्ण डाटाबेस विकास गर्नमा धेरै अगाडि जानेछ जसले हाम्रा प्रशिक्षक, सहयोगी कर्मचारी र खेलाडीहरू अझ राम्रो प्रदर्शन गर्न मद्दत मिल्नेछ ।’

 


प्रतिकृया दिनुहोस