२०८१ जेठ ०८ गते मङ्गलबार | 21 May, 2024

लद्दाखमा बस दुर्घटना हुँदा सात भारतीय सैनिकको मृत्यु, १९ जना घाइते

एजेन्सी शनिबार १४, जेठ २०७९ ११:५२

लद्दाखमा बस दुर्घटना हुँदा सात भारतीय सैनिकको मृत्यु, १९ जना घाइते

एजेन्सी । भारतको लद्दाखमा बस दुर्घटना हुँदा सात जना भारतीय सैनिकको ज्यान गएको छ । १९ जना घाइते भएका छन् ।

लद्दाखको परतापुर ट्रान्जिट क्याम्पबाट २६ जना सैनिक बाेकेर सब सेक्टर हनिफ गइरहेको बस श्योक नदीमा दुर्घटनामा परेकाे भारतीय सञ्चार माध्यमले जनाएका छन् । 

बस सडकबाट करिब ६० फिट तल पुगेको थियो । दुर्घटनामा परि घाइते भएकाहरुको पंचकुला जिल्लामा पर्ने चन्डीमन्दिरमा रहेकाे आर्मी कमान्ड अस्पतालमा उपचार भइरहेको भारतीय सञ्चार माध्यमहरूले जनाएको छन्।


प्रतिकृया दिनुहोस