२०८१ बैशाख १६ गते आइतबार | 28 April, 2024

निमावि तहमा २६ सय शिक्षककाे विज्ञापन खुल्याे, चैतमा परीक्षाा

बुधबार ०७, पुष २०७८ ०९:०२

निमावि तहमा २६ सय शिक्षककाे विज्ञापन खुल्याे, चैतमा परीक्षाा

काठमाडाैं । शिक्षक सेवा आयोगले विभिन्न विषयमा झन्डै २६ सय शिक्षक माग गर्दै आवेदन खुला गरेको छ।

आयोगले बुधबार वेबसाइटमा सूचना प्रकाशित गर्दै निमावि तृतीय श्रेणी शिक्षक पदका लागि दुई हजार पाँच सय ९८ जना माग गर्दै विज्ञापन खुलाएको हो। 

सात सय शूल्क तिरेर माघ ६ गतेभित्र आवेदन दिन सकिने आयोगले जनाएको छ। १८ वर्ष पूरा भई ४० वर्ष ननाघेकाले आवेदन दिन पाउनेछन्। 

खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा स्थायी पदपूर्तिका लागि इच्छुकबाट आवेदन मागसमेत भएको छ। नेपाली विषयमा ४३७ जना माग भएको छ भने अंग्रेजी विषयलाई ६२४ जनाको माग भएको छ।

यस्तै गणितमा ३७१, विज्ञानमा ४४०, सामाजिक अध्ययनमा ३५३, शुक्लायुर्वेदमा एक, गणित-विज्ञानमा ३६४, संस्कृत व्याकरणमा तीन, संस्कृत भाषामा चार, संस्कृत कर्मकाण्डमा एक शिक्षक माग गर्दै आयोगले विज्ञापन खुलाएको छ।

आगामी चैत १७ गते बिहान ११ बजेदेखि लिखित परीक्षा हुने सूचनामा उल्लेख छ। सातै प्रदेशमा परीक्षा केन्द्रहरू तोकिएका छन्। आयोगको वेबसाइटबाट गएर अनलाइन फारम भर्न सकिनेछ।

विज्ञापन हेर्न क्लिक गर्नुहाेस् 

 


प्रतिकृया दिनुहोस