२०८२ पुष १८ गते शुक्रबार | 2 January, 2026

थप ३ जनामा कोरोना संक्रमण, ७ जना निकाे भएर घर फर्किए

बुधबार १०, बैशाख २०७७ ०४:३८

थप ३ जनामा कोरोना संक्रमण, ७ जना निकाे भएर घर फर्किए

काठमाडाैं । बुधबार तीन जनामा कोरोना संक्रमण देखिएको छ। धरानको प्रयोगशालामा गरिएको परीक्षणमा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।

२४ वर्षीय, ६० वर्षीय र ७२ वर्षीय पुरूषमा कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ। यी तीनै जनालाई उदयपुरको भुल्केस्थित मस्जिदबाट मोरङको टाँडीमा रहेको नेपाली सेनाको क्वारेन्टाइनमा राखिएको थियो। यसअघि उनीहरूको समूहका १६ मध्ये १३ जनामा कोरोना संक्रमण देखिएको थियो।  

योसँगै नेपालमा कोरोना संक्रमित हुनेको संख्या ४५ पुगेको छ । ती मध्ये सात जना निको भएर फर्किएका छन्।  


#काेराेना

प्रतिकृया दिनुहोस