२०८२ पुष १८ गते शुक्रबार | 2 January, 2026

उपत्यका छाड्न चाहनेलाई पुर्याइदिने निर्णयबाट पछि हट्यो सरकार

बिहिबार २७, चैत २०७६ ०५:५८

उपत्यका छाड्न चाहनेलाई पुर्याइदिने निर्णयबाट पछि हट्यो सरकार

 

काठमाडाैं । लकडाउनका कारण राजधानी बाहिरको आफ्नो घर जान नपाएकाहरुलाई सम्बन्धित स्थानमा पुर्याइदिने आफ्नै निर्णयबाट सरकार पछि हटेको छ ।

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको कोभिड– १९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बिहीबारको बैठकको निर्णयबाट सरकार पछि हटेको हो ।

नयाँपत्रिकाडेली डटकमका अनुसार समितिकाे बिहीबारकाे  यस्ताे निर्णयबाट सरकार पछि हटेकाे हाे । 'यसअघि भएको निर्णय तत्कालका लागि स्थगित भएको छ’ उपप्रधानमन्त्री पोखरेलका स्वकीय सचिव दीपेन्द्र श्रेष्ठले भने, ‘यो निर्णय कार्यान्वयन गर्दा झन् जोखिम बढ्ने विश्लेषणपछि उच्चस्तरीय समन्वय समितिले तत्कालका लागि यो निर्णय स्थगित गरेको हो ।’

 


प्रतिकृया दिनुहोस