२०८२ पुष १८ गते शुक्रबार | 2 January, 2026

महोत्तरीमा घास काट्न गएका ८ किशाेरी बेपत्ता

- विशेष खबर बुधबार १८, चैत २०७७ ०९:१८

महोत्तरीमा घास काट्न गएका ८ किशाेरी बेपत्ता

जनकपुर। महोत्तरीको भंगहा नगरपालिका–८ स्थित धर्मपुर टोलका ८ जना बालिका र किशोरी बेपत्ता भएका छन् । मंगलबार दिउँसो करिब २ बजे घाँस काट्न निस्केका उनीहरू अहिलेसम्म नफर्किएको परिवारले जनाएका छन् ।

बेपत्ता हुनेमा १८ वर्षीया अस्मिता पासवान, नगिना पासवान, १५ वर्षीया रिया पासवान, अर्चना पासवान, १३ वर्षीया ज्योति पासवान, १० वर्षीया रञ्जना पासवान, सीमा पासवान र रचना पासवान रहेका छन् । उनीहरू सबै एउटै टोलका हुन् ।

‘उनीहरू सधैं ग्रुपमै घाँस काट्न जान्थे, साँझसम्म फर्किहाल्थे तर अबेरसम्म नफर्केपछि खोजतलासमा जुट्यौं । प्रहरीलाई पनि जानकारी गराएका छौं,’ ज्योतिका बुबा विष्णु पासवानले भने, ‘घरबाट करिब एक किलोमिटरको दूरीमा रहेको पूर्वपट्टिको चौरमा उनीहरूलाई घाँस काट्दै गरेको स्थानीयले देखेका रहेछन् ।’

उनीहरू बेपत्ता भएको खबरले गाउँमा त्रास फैलिएको छ । टोलवासीसहित आफूहरू खोजीमा जुटेको महोत्तरीका एसपी दिनेश आचार्यले बताए ।


#बेपत्ता #महोत्तरी

प्रतिकृया दिनुहोस