२०८२ पुष १९ गते शनिबार | 3 January, 2026

पठाओ‌ कार्यालयमा ताेडफाेड

- विशेष खबर सोमबार १३, पुष २०७७ १२:४६

पठाओ‌  कार्यालयमा ताेडफाेड

काठमाडाैं । आफूहरूको माग सम्बोधन नभएको भन्दै पठाओ‌ राइडरहरूले कार्यलयमा नाराबाजी गर्नुका साथै तोडफोडसमेत गरेका छन्।

कम्पनीले आफू खुसी निर्णय गर्ने गरेको, कुनै किसिमको सेवा सुविधा नदिएको, राइडिङ बापतको कमिसन धेरै लिएर कामदार मार्ने काम गरेको भन्दैं पठाओ राइडरहरुले सोमबार कार्यालय तोडफोड गरेका हुन्।

आन्दोलनरत राइडरहरुले गत सोमबार पठाओ कम्पनीमा ११ बुँदे मागपत्र पेस गरेका थिए।

सोमबार राइडरले युएन पार्कबाट कम्पनीविरुद्ध नाराबाजी गर्दै र्‍याली निकालेर पठाओको कार्यालय मध्य वानेश्वर पुगेर घेराउ गरेका थिए।

मागपत्रमा राइडर र यात्रुको अनिवार्य बिमा हुनुपर्ने, राइड शेयरिङ्ग बापत कमाइको कमिसन अधिकतम ८ प्रतिशतमा झार्नुपर्ने, कम्पनीमा आवद्ध राइडरलाई निलम्बन गर्नुपूर्व कम्पनीबाट जानकारी दिनुपर्ने, कस्टुमर केयर नम्बर टोल फ्री हुनुपर्ने, बिपिजी सस्पेन्ड हटाउनुपर्ने, स्पेन्ट रेकर्ड राख्नुपर्ने, राइडर र युजर प्यासेन्जर दुवैले राइड क्यान्सिल गर्न मिल्ने लगायतका माग राखेका थिए।

उक्त माग एक हप्ताभित्र पुरा गर्न राइडरहरुले सोमबार कम्पनीलाई अल्टिमेटम दिएका थिए।

गत पुस ६ गते पेस गरेको मागपत्रको उत्तर पुस १३ गतेसम्म पनि नआएपछि सामूहिक रुपमै पठाओ त्यागको घोषणा गरेर कम्पनीमाथि ढुंगामुडा र तोडफोड गरेका हुन्।


#पठाओ‌

प्रतिकृया दिनुहोस