२०८१ जेठ ०८ गते मङ्गलबार | 21 May, 2024

साग स्वर्ण विजेतालाई शैल्यशिखरको  सम्मान

बिहिबार २९, फागुन २०७६ ०९:३५

साग स्वर्ण विजेतालाई शैल्यशिखरको  सम्मान
१३ औ दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग)मा  नेपाललाई स्वर्ण दिलाउने कुस्ती खेलाडी संगिता धामीलाई नगद सहित सम्मान पत्र हस्तानतरण  शैल्यशिखर नगरपालिका प्रमुख अमर सिह धामी  । तस्बिरः विषेश खबर

दार्चुला  । १३ औ दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग)मा  नेपाललाई स्वर्ण दिलाउने कुस्ती खेलाडी संगिता धामीलाई शैल्यशिखर नगरपालिकाले सम्मान गरेको छ ।

कुस्ती ५५ केजि समुहमा मा  स्वर्ण पदक विजेता संगिता धामीलाई शैल्यशिखर नगरपालिकाले विहीबार गोकुलेश्वरमा नगद एक लाख ५ हजार र सम्मान पत्रले सम्मान गरिएको  ।

हालै काठमाण्डौमा सम्पन्न भएको प्रतियोगिताको कुस्ती विद्यामा नेपाललाई स्वर्ण पदक दिलाएकी संगिताको हाल बसोबास कञ्चनपुर जिल्ला भिमदत्त नगरपालिका ३ रहेपनि  उनको पुख्र्यौली घर दार्चुलाको जिल्ला मालिकार्जुन गाउपालिका ४ हुनैनाथ भएको हुनाले हाम्री चेलीले अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जितेर यस क्षेत्रको समेत नाम रोशन गरेकाले शैल्यशिखर नगरपालिकाका प्रमुख अमरसिह धामीले बताए ।

खेलाडीको हौसल्ला बढाउन र खेलमा अझै प्रगति गर्न सक्छन् यसबाट यहाका खेलाडीलाई   समेतप्रोत्साहन हुने तथा अझै खेल प्रति लगाव बनाउने उत्प्रेरणा जागरुक नगरपालिकाले खेलाडीहरुलाई सम्मान गरेको हो । उनले भने, यहाका स्थानीय खेलाडीहरु पनि खेलमा लगाव बढाउने आश गरेका छौ । यस्ता सम्मानले खेलाडीहरुलाई हौसल्ला प्रदान गर्ने हुदाखेल प्रतिभाको  सम्मान गर्नु स्थानीय सरकारको समेत दायित्व रहेको बोध गर्दै यसै क्षेत्रको खेलाडीले देशकै लागी पदक जितेकोमा सम्मान गरिएको  नगर प्रमुख  अमर सिह धामीले बताए ।

पदक बिजेता संगितालाई समग्र शैल्यशिखर बासी आम नागरिक एवं दार्चुलाबासीको तर्फबाट चन्द्र र सुर्य अंकित राष्ट्रिय झण्डालाई खेलका माध्यमबाट अन्तराष्ट्रिय स्तरमा फहराउन निर्वाह गर्नु भएको भुमिकाको कदर गर्दै सम्मान तथा नगद प्रदान गरिएको उहाको भनाई छ ।

सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख धामीले खेल प्रतिभाको सम्मान गर्न नगरपालिका संधै प्रतिबद्धा रहेको बताउदै   खेलाडीलाई खेल क्षेत्रमै टिकाई राख्न तथा नयाा आउने प्रतिभालाई हौसला प्रदान गर्न स्वर्ण पदक बिजेता संगितालाई सम्मान गरिएको हो ।

नगरकार्यपालिकाको बैठकले गरेको निर्णय अनुसार संगितालाई सम्मान गरिएको नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र बहादुर बिष्टले बताए  । जिल्लाको मात्र नभई देशकै शिर उचो मारेको हुनाले पदक विजेता खेलाडीहरुलाई सम्मान गर्दै आएको नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत बिष्टले बताए ।१३ औं दक्षिण एशियाली खेलकुदमा कुस्ती खेलको ५५ केजी समुहको स्पर्धामा भाग लिई स्वर्ण पदक जित्न सफल संगिताको उज्वल भविष्यको कामना गर्दै सम्मान तथा नगद प्रदान गरिएको हो।

सम्मानित भएकी कुस्ती खेलाडी संगिता धामीले नगरपालिकाले गरेको सम्मानले खेल प्रतिको रुचि झन बढ्दै गएको प्रतिक्रिया दिएकी छिन् । पुर्खौली ठाउामा बोलाएर नगरपालिकाले सम्मान गरेको प्रति संगिताले खुसी समेत व्यक्त गरेकी छन् ।

खेलमा भाग लिदा पदक जित्छु भन्ने आशा रहेको तथा स्वर्ण पदकै जितेर ल्याउछु भन्ने आस नरहेको उनले बताइन् । पदक विजेता धामीले मेरो प्रतिभाको पुख्र्यौली ठाउमा सम्मान पाउदा धेरै खुसी  भएकी बताईन्  नगरपालिकाको हलमा सम्पन्न कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी, स्थानिय लगायत पत्रकारहरुको उपस्थिति रहेको थियो । 
 


#सम्मान

प्रतिकृया दिनुहोस