२०८२ पुष १८ गते शुक्रबार | 2 January, 2026

दसैंमा घर जाँदा ७ दिन क्वारेन्टाइनमा बस्नुपर्ने

सोमबार ०३, कार्तिक २०७७ १०:४५

दसैंमा घर जाँदा ७ दिन क्वारेन्टाइनमा बस्नुपर्ने

काठमाडाैं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यात्रा गर्नुअघि ७ दिन र गतव्यमा पुगिसेपछि ७ दिन अनिवार्य रूपमा क्वारेन्टाइनमा बस्नुपर्ने जनाएको छ।  

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले अनिवार्य रूपमा क्वारेन्टाइनमा बस्नुपर्ने बताएका हुन्। 

डा. गौतमले दशैंमा घर जानुभन्दा अगाडी वा कतै यात्रा गर्न योजनामा भए अनिवार्य रूपमा एकान्तबास बस्नुपर्ने सरकारले निर्णय गरेको बताए। ‘७ दिन एकान्तबासमा बसेपछि कोरोना भाइरसको कुनै लक्षण वा चिन्ह छैन भने यात्रा गर्नुहोस,’ डा. गौतमले भने, ‘गन्तव्य स्थानमा पुगेपछि पुनः ७ दिन अनिवार्य क्वारेन्टाइनमा बस्नुपर्नेछ।’ 

क्वारेन्टाइन गर्ने जिम्मेवारी स्थानीय तहको हुने मन्त्रालयले जनाएको छ।


#काेराेना

प्रतिकृया दिनुहोस