आइतबार २५, असोज २०७७ १०:३७
काठमाडाैं । त्रिभुवन विश्वविद्यालयका स्थगित स्नातक तथा स्नातकोत्तर तहका परीक्षा मंसिर तेस्रो सातापछि हुने भएको छ।
विश्वविद्यालय डिनको कार्यालयले एक सूचना जारी गर्दै सेमेस्टर प्रणालीअन्तर्गत स्थगित स्नातक र स्नातकोत्तर तहका परीक्षा मंसिर तेस्रो सातापछि सञ्चालन गरिने जनाएको हो। परीक्षा तालिका सम्वन्धी विवरण भने पछि सार्वजनिक गरिने त्रिविले जनाएको छ।
मन्त्रिपरिषद बैठकले यसअघि नै स्वास्थ्यसम्वन्धी मापदण्ड पालना गरी विश्वविद्यालयले रोकिएका सबै परीक्षा संचालन गर्न सक्ने निर्णय गरेको थियो।
त्यस्तै त्रिविको केन्द्रीय परीक्षा संचालन समितिको बैठकले अनुकुलता हेरी डिनको कार्यालयले परीक्षा सञ्चालनको निर्णय गर्न सक्ने निष्कर्ष निकालेको थियो।
प्रतिकृया दिनुहोस