२०८२ पुष १८ गते शुक्रबार | 2 January, 2026

एमसिसीलाई संशोधन गरेर अनुमोदन गर्ने नेकपाकाे निर्णय

- विशेष खबर शुक्रबार २६, भदौ २०७७ ०५:११

एमसिसीलाई संशोधन गरेर अनुमोदन गर्ने नेकपाकाे निर्णय
फाइल तस्बिर ।

काठमाडाैं । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)लाई आवश्यकताअनुसार परिमार्जन र संशोधन गरेर अनुमोदन गर्ने निर्णय गरेको छ।

शुक्रबार बसेको स्थायी कमिटी बैठकले एमसिसी संशोधनपछि पारित गर्ने निर्णय गरेको हो।

यसअघि झलनाथ खनालको नेतृत्वमा गठन गरेको कार्यदलले दिएका सुझाव प्रतिवेदनलाई समेत ध्यान दिई पार्टीको बैठकमा छलफल गरेर के-के विषय संशोधन गर्ने भन्ने छिट्टै निष्कर्षमा पुगिने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

प्रवक्ता श्रेष्ठले भने,‘एमसिसीको हकमा यसलाई आवश्यकताअनुसार संशोधन र परिमार्जन गरी अनुमोदन गर्ने निर्णय पार्टीले निकालेको छ’।

 


#नेपाल कम्युनिष्ट पार्टी

प्रतिकृया दिनुहोस