२०८२ पुष १८ गते शुक्रबार | 2 January, 2026

थप १ हजार २२५ जनामा कोरोना संक्रमण पुष्टि

- विशेष खबर बिहिबार १८, भदौ २०७७ ०४:४२

थप १ हजार २२५ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा बिहिबार थप १ हजार २२५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

बिहिबार एकैदिन अहिलेसम्मकै धेरै कोरोना संक्रमितको थपिएका हुन् । यसअघि गत आइतबार एकैदिन १२२१ जना कोरोना संक्रमित थपिएका थिए।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको नियमित कोरोना मिडिया ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले  बिहिबार थपिएका सहित हालसम्म संक्रमितको संख्या ४२ हजार ८७७ पुगेको जानकारी दिएका छन् ।

यस्तै पछिल्लो २४ घण्टामा ९ सय ७ जना कोरोनाबाट मुक्त भई घर फर्किएका छन्। यीसहित हालसम्म कोरोनाबाट निको हुनेको संख्या २४ हजार २ सय ७ पुगेको छ।

पछिल्लो २४ घण्टामा थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसंगै कोरोनाबाट मृत्यु हुनेको संख्या २ सय ५७ पुगेको छ।


#कोरोना संक्रमण

प्रतिकृया दिनुहोस