शुक्रबार ३०, साउन २०७७ ०३:४४
काठमाडाैं । कर्णाली प्रदेश सरकारले प्रदेशमा प्रवेशगर्नका लागि तीन दिनअघिको पिसिआर परीक्षणको रिपोर्ट अनिवार्य गर्ने निर्णय गरेको छ ।
प्रदेश विपद् व्यवस्थापन केन्द्र (पिसिएमसी) को बिहीबार बसेको बैठकले काेराेना संक्रमणको जोखिम बढेपछि प्रदेश सरकारले भदौ १ गतेदेखि लागू हुने गरी स्वदेश तथा विदेशबाट आएका जोसुकैलाई राति प्रवेश गर्न नदिने र दिउसाे प्रवेश गर्न पिसिआर परीक्षणको रिपोर्ट अनिवार्य गर्ने निर्णय गरेको हो
मुख्यमन्त्री महेन्द्रबहादुर शाहीका अध्यक्षतामा बसेको उक्त बैठकले स्वदेश तथा विदेशबाट आउने नेपाली नागरिकलाई बेग्लाबेग्लै क्वारेन्टिनमा राख्ने निर्णय गरेको छ ।
छिमेकी भारतबाट फर्किएका नागरिकलाई सीमानाकाका क्वारेन्टिनमा राख्ने तथा क्षमताभन्दा बढी भए मध्यपश्चिमाञ्चल विश्वविद्यालयका भवनलाई प्रयोग गर्नका लागि वैकल्पिक व्यवस्था मिलाउन सामाजिक विकास मन्त्रालयलाई निर्देशन दिइएको छ ।
प्रतिकृया दिनुहोस